कालिकोट । जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छन् । जिल्लाका तीन वटा नगरपालिका र छ वटा गाउँपालिकाले आव २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकता दिइएका छन् ।
कालीकोटका नौ वटा स्थानीय तहले कूल रु चार अर्ब ५५ करोड छ लाख ३२ हजार २२६ को बजेट प्रस्तुत गरेका छन् । खाडाँचक्र नगरपालिकाले रु ५७ करोड ३७ लाख १६ हजार, रास्कोट नगरपालिकाले रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ ।
त्यस्तै, शुभकालिका गाउँपालिकाले रु ४० करोड ८८ लाख ३६ हजार ३६, नरहरिनाथ गाउँपालिकाले रु ६१ करोड ५९ लाख ५९ हजार ७००, सान्नीत्रिवेणी गाउँपालिकाले रु ४४ करोड २६ लाख २५ हजार ९४७, पचालझरना गाउँपालिकाले रु ४१ करोड ४४ लाख ७७ हजार ५४३, पलाँता गाउँपालिकाले रु ४९ करोड ६९ लाख ९३ हजार ९१ र महावै गाउँपालिकाले रु ३७ करोड ३८ लाख ३५ हजार ५०२ को बजेट सार्वजनिक गरिएको छ ।
सम्बन्धित समाचार
अर्थमन्त्रीले संसद्लाई धम्क्याए : पूर्वअर्थमन्त्री पुन
वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो
राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने, कसरी ?
बागमतीको बजेट ६६ अर्ब ९३ करोड
पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छः मन्त्री पोखरेल
जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर
लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध राउटे समुदायमा सचेतना कार्यक्रम संचालन






