काठमाडौं । अभिनेत्री निता ढुंगानाले आफ्नै अभिनय, कथा तथा निर्देशनमा नयाँ चलचित्र ‘पार्वती’ निर्माण गरेकी छिन् । यो चलचित्रलाई आगामी १२ भदौमा रिलिज गर्ने घोषणा सहित चलचित्रको गीत ‘नौतुनाको रेल…’को भिडियो सार्वजनिक गरिएको छ ।
निर्माण टिमले शुक्रवार ओएसआर युट्युब च्यानलमार्फत यो गीतको भिडियो रिलिज गरेको हो । गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर छ । यसको शब्द रचना हर्क साउदले गरेका हुन भने संगीत दीपक शर्माको छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू निता ढुंगानासँगै दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, वसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी, क्रिमसन श्रेष्ठले नृत्य गरेका छन् । विवाहमा बेहुलाको घरमा नाचिने रत्यौली नृत्यलाई भिडियोमा समेटिएको छ । जसमा दीपाश्री पुरुषको भेष भूषामा छिन् । उनले नृत्यको क्रममा निता ढुंगानासँग रमाइलो छेडखानी गरेकी छिन् ।
यो चलचित्रमा नितासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको मुख्य भूमिका छ । चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । जसमा सुदीप बरालको डीओपी, रामजी लामिछानेको नृत्य निर्देशन छ । चलचित्रलाई हरिहर अधिकारीले निर्माण गरेका हुन् ।
सम्बन्धित समाचार
आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’
तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
‘आचार्य’ लिएर ११ वर्षपछि निखिल
ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज
‘धुरन्धर’को डिजिटल रिलिज अदालतबाट खुल्ला
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव






