जनकपुरधाम । मधेस प्रदेशमा जारी निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्दैछ । पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।
कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि ‘रनरेट’का आधारमा नेपाल एपिएफ क्लब फाइनलमा स्थान सुरक्षित गरेको छ ।
मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टोली एपिएफ गरी आठ टोलीको सहभागिता छन् ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम
‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु
विश्वकप फुटबलःमेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
एनपीएलको अक्सन मिति घोषणा
पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्ज विजयी






