क्वाटरफाइनलमा अर्जेन्टिनाको भेट ब्राजिल कि इग्ल्यान्डसँग ?

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरु सकिएको छ । समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ वटा टोलीको समीकरण पूरा भएको छ । अब विश्वकपमा दाबेदार रहेका र राम्रो प्रदर्शन गर्दै नकआउट चरणमा पुगेका टीमहरुबीच रोचक भिडन्त हुनेछ ।

३२ ओटा टोलीलाई दुई समूहमा बाँडिएको छ । जसअनुसार चार पटकको विजेता जर्मनी र प्रमुख दाबेदार ठानिएको फ्रान्सको भेट अन्तिम १६ मा नै हुने भएको छ । यी दुईमध्ये एक टोलीको यात्रा अन्तिम १६ बाटै टुंगिनेछ। राउन्ड अफ ३२ मा जर्मनीले पाराग्वेसँग र फ्रान्सले स्वीडेनसँग खेल्नेछ। दुवै टोलीले उक्त खेल जितेमा अन्तिम १६ मा दुई टोलीबीच भिडन्त हुनेछ । पराजित टोली घर फर्किनेछ ।

अर्कोतर्फ राउन्ड अफ ३२ को सबैभन्दा हेभिवेट म्याच नेदरल्यान्ड्स र मोरक्कोबीचको हुने अनुमान छ । यी दुई टोलीबीचको विजेताले क्यानडा र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ भने क्वाटरफाइनलमा फ्रान्स र जर्मनीबीचको विजेतासँग उक्त विजयी टोलीको भेट हुनेछ ।

यसै समूहमा रहेका अर्को टोली पोर्चुगल र क्रोएसियाबीच पनि राउन्ड अफ ३२ मै भिडन्त हुनेछ । यस खेलको विजेताले राउन्ड अफ १६ मा स्पेन र अष्ट्रियाबीचको विजेतासँग खेल्नेछ । तसर्थ क्रोएसिया वा पोर्चुगलको भेट अन्तिम १६ मै स्पेनसँग हुनाले यमध्ये तीन टोली जो पनि अन्तिम १६ बाटै घर फर्किन सक्नेछन् ।

यता अर्को समूहमा ब्राजिलले राउन्ड अफ ३२ मा जापानसँग खेल्नेछ। एसियाको पावरहाउस जापानविरुद्ध पाँच पटकको च्याम्पियन ब्राजिललाई सहज भने पक्कै हुने छैन। अर्कोतर्फ इंग्ल्यान्ड तुलनात्मक रुपमा कमजोर रहेको कंगोविरुद्ध राउन्ड अफ ३२ मा भिड्नेछ ।

उक्त खेलपछि इंग्ल्यान्डले मेक्सिको र इक्वेडरबीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ। उक्त खेल जितेमा ब्राजिल र इंग्ल्यान्ड क्वाटरफाइनलमा भेट हुने छन्। पराजित टोली घर जानेछ । साविक विजेता अर्जेन्टिनालाई भने सहज देखिएको छ। राउन्ड अफ ३२ मा पहिलोपटक विश्वकप खेलेको केप भर्ड प्रतिद्वन्द्वी पाएको अर्जेन्टिनाले त्यसपछि अष्ट्रिलिया र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

अर्कोतर्फ स्वीट्जरल्यान्ड र अल्जेरियाबीचको विजेताले अन्तिम १६ मा कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। यसरी यी दुई खेल जितेर जाने टोलीको भेट क्वाटरफाइनलमा अर्जेन्टिनासँग हुनेछ । तसर्थ ब्राजिल र इंग्ल्यान्डमध्ये एक टोलीले जित्दै आएमा अर्जेन्टिनासँग सेमिफाइनमा मात्रै भेट हुनेछ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने