काठमाडौं । आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड र जर्मनी विजयी भयो भने कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोकेर इतिहास बनाएको छ । नेदरल्यान्डले स्वीडेनलाई ५–१ र जर्मनीले आइभोरी कोस्टलाई २–१ ले पराजित गरेको छ ।
नेदरल्यान्ड्सले स्विडेनमाथि ५-१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान बनाउने सम्भावना लगभग सुनिश्चित गरेको छ । रोनाल्ड कोम्यानको टोलीका लागि ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपेका थिए । स्विडेनका लागि सान्त्वना गोल एन्थोनी एलाङ्गाले गरेका थिए ।
जापानविरुद्धको २-२ को बराबरी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका समरभिललाई सुरुआती टोलीबाट बाहिर राख्दै ब्रोबेलाई मौका दिइएको थियो । प्रशिक्षक कोम्यानको त्यो निर्णय सही साबित भयो ।
आइभरी कोस्टविरुद्ध एक गोलले पछि परेको जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो। जर्मनीको जितमा डेनिज उन्डभ नायक बने। दुवै गोल उनले नै गरे। खेलको ३० औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्रान्क केसीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
६८ औं मिनेटमा वैकल्पिक खेलाडी उन्डभले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेल सकिनै लाग्दा इन्जुरी समयमा उन्डभले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जितसहित नकआउट चरणमा पुर्याए।
इतिहास रचेको कुरासाओ
आइतबार बिहान भएको विश्वकप खेलमा कुरासाओले बलियो प्रतिद्वन्द्वी इक्वेडरसँग गोलरहित बराबरी खेल्दै इतिहास रचेको छ। यो नतिजा सानो टापु राष्ट्र कुरासाओले विश्वकप इतिहासमा पहिलो पटक अंक हासिल गरेको छ।
कुरासाओका गोलरक्षक एलोय रुमले इक्वेडरको निरन्तर आक्रमणलाई रोक्दै १५ वटा उत्कृष्ट बचाउ गरेका छन्। समूह चरणको अन्तिम खेलमा बिहीबार कुरासाओले फिलाडेल्फियामा आइभोरी कोस्टसँग खेल्नेछ भने इक्वेडरले न्यूयोर्कमा जर्मनीको सामना गर्नेछ।
सम्बन्धित समाचार
एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?
बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
केप भार्डे, जसले विश्व चकित बनायो
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जीत
जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका
ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?






