राजविराज । श्रीमान वितेपछि दुःखदायी जीवन विताउन बाध्य एकल महिलाहरुको आत्मविश्वास बढाउन तथा आत्मनिर्भर बनाउन यहाँ एक गैर सरकारी संस्थाले अभियान चलाएको छ ।
एकल महिला आत्मनिर्भर तथा पुर्नस्थापना केन्द्र सप्तरी नामक संस्थाले यस्तो अभियान चलाएको हो । सशक्त तथा आत्मनिर्भर एकल महिला नाराका साथ उक्त संस्थाले चलाएको अभियान अन्तर्गत आईतवार पाँच दिने सीपमुलक तालिम सम्पन्न भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कंचनरुप नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रमको समापनका अवसरमा आयोजक संस्था एकल महिला आत्मनिर्भर तथा पुनस्थापना केन्द्रकी अध्यक्ष जुही ठाकुरले एकल महिलाको आत्मनिर्भरता, प्रबद्र्धन, सीप विकास तथा क्षमता अभिबृद्धी, समाजिक सदभाव र आत्मविश्वास बढाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्तो अभियान चलाइएको बताईन ।
कंचनरुप नगरपालिकामा चलाइएको यस्तो अभियान क्रमशः जिल्लाका अन्य पालिकामा समेत विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । उनले एकल महिलालाई घर ब्यवहार चलाउन, खर्चको जोहो गर्न र बालबालिकाका आवश्यक्ता, तथा शिक्षा दिक्षा पुरा गर्न कठिनाई हुने गरेको भन्दै हरेक पालिका र वडाले एकल महिलाको आत्मविश्वास बढाइ आत्मनिर्भर बनाउने प्रयासमा सहयोग र योगदान गर्न आवश्यक बजेट विनियोजन गर्नू पर्ने माग समेत गरिन ।
कार्यक्रमका प्रमुख अतिथी कंचनरुप नरपालिकाका मेयर ललन प्रसाद गुप्ताले एकल महिला सशक्तीकरणका लागी एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले चलाएको अभियानको मुक्त कंठले प्रसंसा गर्दै अभियान सफल बनाउन नगरपालिकाबाट श्रोत साधनले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवले केन्द्रद्वारा तालिम मार्फत प्रदान गरिएको सीपले एकल महिलाको उधमशिलता प्रबद्र्धन गरी रोजगारी सिर्जना गर्न तथा स्वालम्बी जीवनयापन गर्न ठूलो मदत पु¥याउने विश्वास ब्यक्त गरे ।
पाँच दिन सम्म चलेको तालिममा ३ सय ५० जना एकल महिला सहभागी थिइन । उनीहरुलाई केन्द्रकी अध्यक्ष ठाकुरका साथै कानुनी सल्लाहकार सतिष दत्त तथा धमेन्द्र यादव, सुरेन्द्र यादव, अभिषेक कर्ण, इसप्रिया झा, चितरंजन यादव लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
कंचनरुप नगरपालिकामा मात्रै १ हजार ६ सय ४५ जना एकल महिला रहेको केन्द्रको तथ्यांकले देखाएकोे छ । ती मध्ये २० देखी ४५ उमेर समुहका महिलाहरुको चयन गरी तालिममा सहभागी गराइएको थियो । तालिममा सहभागीहरुलाई झोला, थर्मस लगायतका सामग्री पनि वितरण गरिएको थियो ।
सम्बन्धित समाचार
स्काभेटरसहित अवैध उत्खननमा प्रयोग भएका १० टिपर नियन्त्रणमा
खानेपानी समस्यामा संस्थानको धारा वितरणले राहत
बालबालिकाले गरे जनप्रतिनिधिसँग अन्तरक्रिया
सप्तरीका १८ वटै पालिकामा माग–पत्र
मौलापुरलाई डिस्टर्ब न गर्न सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई मेयर रिना साहको चेतावनी
साहित्यिक चौतारीको १२ औं साधारणसभा सम्पन्न
२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान
वेरोजगारी कम गर्न वीरगन्जमा ‘रोजगार मेला २०८३’ लाग्दै






