इन्धनको मूल्य घटेपछि सस्तियो हवाइ भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले पनि हवाई भाडादर घटाएका छन्। बिहीबार राति निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय सञ्चालक समितिबाट गराएको थियो। अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर २२९ रुपैयाँ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारबाटै लागू हुने गरी घटेको फ्यूल सर्चार्ज कार्यान्वयन गराउन भन्दै सबै वायुसेवा कम्पनीहरूलाई पत्राचार गरेको छ। त्यसैलाई आधार बनाएर वायुसेवा सञ्चालकहरूले फ्यूल सर्चाजलाई समायोजन गर्दै भाडादर घटाएका हुन्।

तेल सस्तिएपछि काठमाडौं-धनगढी रुपमा इन्धन शुल्क १७६५ रुपैयाँ घट्ने भएको छ। यसअघि ११ हजार ८८५ रहेको फ्यूल सर्चाज अब १० हजार १२० रुपैयाँ पर्ने भएको छ।

त्यसपछि काठमाडौं-सुर्खेतको फ्यूल सर्चाज १३८० रुपैयाँ घटेको छ। यसअघि ९ हजार २९५ रहेको इन्धन मूल्य घटेर ७ हजार ९१५ मा झरेको छ। काठमाडौं-माउन्टेन फ्लाइटमा इन्धन मूल्य १३७५ घटेको छ। यसअघि ९ हजार २३५ रहेको फ्यूल सर्चाज अब ७ हजार ८६० रुपैयाँमा झरेको छ।

///C:/Users/Dell/Desktop/IMG_20260701_0002.pdf

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान