जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–३ निवासी ३० वर्षीय लव बहादुर सेजुवालले गत बुधबार दिउँसो करिब १२ बजे मादक पदार्थ सेवन गरी आकस्मिक कक्षमा प्रवेश गरेर ड्युटीमा रहेका चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेका थिए।
प्रहरीका अनुसार सेजुवाल यसअघि पनि प्रतिष्ठानभित्र अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ।
घटनापछि स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जुम्ला जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
सम्बन्धित समाचार
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन
लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध राउटे समुदायमा सचेतना कार्यक्रम संचालन
उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू





