काठमाडौं । अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलअन्तरले पराजित गरेको हो । स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक÷एक गोल गरे ।
ब्रिलले खेलको १०औँ मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको स्विट्जरल्याण्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै गोल थप्यो । खेलको ४६औँ मिनेटमा डानले गोल गर्दै स्विट्जरल्याण्डलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)
सम्बन्धित समाचार
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
एनपीएलको अक्सन मिति घोषणा
पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्ज विजयी
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान






