काठमाडौं । यति बेला प्रदर्शन भइहरेको नेपाली चलचित्र ‘आइ एम जीतबहादुर’मा केही ठाउँमा अभिनेत्री प्रियंका कार्कीले धुमपान सेवन गरेको दृश्य राखिएको छ । यो चलचित्रमा उनले धुमपानसँगै मद्यपान पनि गरेकी छिन् । यी धुमपान र मद्यपानको दृश्य सँगै पनि चलचित्रमा देख्न पाइन्छ । तर यस्ता दृश्य आउँदा चलचित्रमा ‘धुमपान स्वास्थ्यका लागि हानिकारक छ’ भने स्वास्थ्य सचेतना सूचना राखिएको छैन । न त मद्यपान गरेको दृश्यमा नै ‘मद्यपान स्वास्थ्यका लागि हानिकारक छ’ भनेर सूचना राखिएको छ । तर पनि यी दृश्यलाई चलचित्र जाँच समितिले पारित गरेर प्रदर्शनको अनुमति दिएको हो ।
यस्तै गत महिना रिलिज भएको नेपाली चलचित्र ‘मितज्यू’मा अभिनेता दयाहाङ राई, सौगात मल्ल, अभिनेत्री तेरिया फौजा मगरलगायतका कलाकारले धेरै दृश्यमा धुमपान तथा मद्यपान गरेका थिए । तर ती कुनै पनि दृश्यमा धुमपान, मद्यपान विरुद्धको सचेतना सूचना राखिएको थिएन ।
उता ८ महिना अघि मात्र रिलिज भएको अभिनेता अनमोल केसीको चलचित्र ‘जेरी अन टप’मा धुमपान र मद्यपान गरेको दृश्यमा स्वास्थ्य सचेतना सूचना नराखिएको भन्दै चलचित्र जाँच पास समितिले यसलाई प्रदर्शन रोक्न चेतावनी दिएको थियो । त्यो चेतावनीसँगै निर्देशक सुयोग गुरुङले यो सचेतना सूचना छुटेको भन्दै तत्कालै धुमपान र मद्यपान गरेको दृश्यमा यस्ता सूचना राखेर पुन ‘इनकोडिङ’ गरी यो चलचित्र प्रदर्शन गरेका थिए ।
तर अब यस्तो झन्झट गर्न आवश्यक नभएको चलचित्र जाँच समितिले जनाएको छ । यो समितिमा सदस्यको रूपमा दुई महिना अघि चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका हुन् । त्यस पछि उनले सेन्सर भन्ने शब्द नै चलचित्र नियमबाट हटाए । यसलाई चलचित्र जाँच समिति बनाए । यो सँगै चलचित्रको कुनै पनि दृश्य नकाटिने र सम्बन्धित चलचित्र हेरेर त्यसलाई सोही अनुसार वर्गीकरण सहित प्रमाणपत्र दिने घोषणा गरे ।

सोही घोषणा अनुसार चलचित्रमा आफूहरूले हरेक मद्यपानको दृश्यमा ‘मद्यपान स्वास्थ्यका लागि हानिकारक छ’ र हरेक धुमपानको दृश्यमा ‘धुमपान स्वास्थ्यका लागि हानिकारक छ’ जस्ता सूचना राख्न आवश्यक नभएको निर्णय गरेको पनि पण्डितले बताए । ‘यसको मतलब हामीले यस्ता सूचना राख्दै नराख्नु भएको हैनौँ । धुमपान र मद्यपानले ज्यान लिएको ’bout सन्देशमूलक भिडियो युक्त सूचना चलचित्रको शुभारम्भमै बजाउने गरिएको छ र चलचित्रमा पनि यस्ता सूचना राख्ने गरिएको छ,’ त्यसैले एउटै सूचना बारम्बार राख्नु नपर्ने भनेर आफूहरूले निर्णय गरेको पनि उनले बताए ।
अझै केही निर्माताहरूले यो नियमलाई राम्ररी नबुझेका कारण हरेक धुमपान, मद्यपानको दृश्यमा यस्ता सूचना राख्ने गरेको पनि चलचित्र जाँच समिति सदस्य मनोज पण्डितको कथन छ । स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने यस्ता सूचना सम्बन्धित दृश्यबाट हटाउनुको कारण’bout जाँच समिति सदस्य पण्डितले भने,‘नेपाल र भारतका चलचित्रमा मात्र यस्ता हरेक दृश्यमा सचेतनामूलक सूचना राख्ने चलन थियो र भारतले पनि यस्तो सूचना सुरुमा राखेपछि बाँकी दृश्यबाट हटाउने गरेको छ । सोही कारण हामीले पनि सुरुमा यस्तो सूचना एक ठाउँमा राखेपछि अन्यत्र राख्न आवश्यक नभएको निर्णय गरेका हौँ ।’

यस्ता सन्देशमूलक सूचना चलचित्रमा राख्ने कि नराख्ने भन्ने अन्तर्राष्ट्रिय चलचित्रका अभ्यास’bout सदस्य पण्डितले राजधानीसँग भने,‘हलिउड र युरोपियन चलचित्रहरूमा यस्तो सचेतनामूलक सूचना राख्ने कार्य धेरै पहिला हटेको हो । धुमपानको बट्टा र मद्यपानको बोतलमै स्वास्थ्य सचेतनाको सन्देश राख्ने गरिएकाले उनीहरूले चलचित्रमा यसको प्रयोग गरिएको दृश्यमा सूचना नराखेका हुन् ।’
धुमपान र मद्यपानको मात्र हैन, हेलमेटको प्रयोग नगरी मोटरसाइकल चलाएको दृश्यमा समेत आजकाल सचेतनामूलक सूचना राख्न छाडिएको छ । यस्ता सूचना पनि चलचित्र सुरु हुँदा प्रारम्भमै राखेपछि हुने चलचित्र जाँच समिति सदस्य पण्डितको कथन छ । सोही कारण चलचित्रको कथा पूर्ण काल्पनिक भएको, पशुपन्छीको हिंसा नगरिएको, धुमपान, मद्यपान स्वास्थ्यका लागि हानिकारक भएको, ट्राफिक नियम पालना गर्नु पर्ने जस्ता सचेतनामूलक सूचनाहरू चलचित्रको प्रारम्भमै राख्नु पर्ने प्रावधान तय गरिएको पनि उनले स्पष्ट पारे । यसरी चलचित्रको सुरुवातमै यस्ता सूचना राखेका कारण चलचित्रका सम्बन्धी दृश्यबाट आफूहरूले हटाएको उनले स्पष्ट पारे । यस्तै अब नयाँ चलचित्र ऐन संसदबाट पारित भएर आएपछि चलचित्र जाँच सम्बन्धी धेरै नियमहरू परिवर्तन हुने पनि उनले जिकिर गरे ।
सम्बन्धित समाचार
नेपालमा पनि बन्न थाल्यो पुरानो चलचित्रको ‘रिमेक’
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो
सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
‘हली’ टिजरमा महिनावारी पीडा
७ दिवसीय छायांकन कार्यशाला गोष्ठी सम्पन्न
सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको जोड






