तनहुँ । बेनीकोटमा यस वर्षको चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता बेनिकोटमा आयोजना गरिने भएको छ ।
जिल्लाको व्यास नगरपालिका–१३, स्थित बेनीकोटमा सिद्धबाबा युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिता साउन १२ देखि १६ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।
क्लबका अध्यक्ष मनिस थापाले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र सामाजिक रूपमा सक्रिय बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु ६६ हजार ६६६, द्वितीय रु ४४ हजार ४४४ र तृतीय रु २२ हजार २२२ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।
त्यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई पनि विशेष पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
सहभागी टिमलाई दर्ता शुल्क रु पाँच हजार ५०० र प्रोटेस्ट शुल्क रु छ हजार तोकिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)
सम्बन्धित समाचार
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
एनपीएलको अक्सन मिति घोषणा
पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्ज विजयी
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
विश्वकप फुटबलः अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा
स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ






