लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ । बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।
त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका थिए ।
नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई आफ्नो मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो तेस्रो संस्करण हो ।
प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले काव्य यात्रा बेलायतका विभिन्न सहरमा आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको सङ्ग्रह प्रकाशन गरिने जानकारी दिए । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भाषा र साहित्यको उन्नयन सबैको दायित्व भएको उनले बताए ।
सम्बन्धित समाचार
‘पत्रकारिता आचारसंहिता विपरित गतिविधि नगर्न आग्रह’
स्मार्ट टेलिकम छलछाम: पूर्वमन्त्री खरेलसहित ७ मन्त्रीविरुद्ध गम्भीर अनुसन्धान
सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट
कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट: एक सैनिकको मृत्यु, एक घाइते
‘सुन्दरहरैंचाका महिलालाई सीप, सम्मान र नयाँ अवसर’
एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा
देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध (सूचनासहित)
बिना हेलमेट बुलेट चलाएका मुख्यमन्त्री कमलबहादुर शाहलाई ५०० रुपैयाँ जरिवाना






