राजविराज । लालपुर्जा माग्दै ५१ दिनदेखि जारी राजविराज नगरवासीको आन्दोलन स्थगित भएको छ ।
नगरवासीद्वारा गठित जनआन्दोलन परिचालन समितिले सोमबार प्रेस विज्ञप्ति जारी गरी आन्दोलन स्थगित गरिएको जनाएको छ । यसअघि आन्दोलन’bout थप निर्णय गर्न लगातार दुई दिनदेखि समितिको बैठक स्थानीय लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा बसेको थियो ।
समितिका संयोजक खेलानन्द दासले सरकारबाट व्यक्त गरिएको प्रतिबद्धतालाई मध्यनजर गर्दै ३१ साउनसम्मका लागि आन्दोलन स्थगित गरिएको जानकारी दिए ।
बैठकमा विगत ५१ दिनदेखि निरन्तररूपमा चलिरहेको चरणबद्ध आन्दोलनका कार्यक्रमको समीक्षा तथा संघीय सरकारकी मन्त्री प्रतिभा रावलसँग भएको पटक-पटकको वार्ता’bout लामो छलफल भएको थियो । समितिका संयोजक दासले आफूहरूको जायज माग सम्बोधन गर्न सरकार गम्भीर भएको, छिट्टै आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा प्रदान गर्ने प्रतिबद्धता जनाएको तथा आन्दोलन रोक्न अनुरोध गरेकाले सोमबारकै मितिदेखि ४० दिन अर्थात् ३१ साउनसम्मका लागि आन्दोलन स्थगित गरिएको जनाएका छन् ।
उनले अब केही दिन पर्खिने तथा प्रतिबद्धताअनुसार माग पूरा नभए आन्दोलनलाई अझ सशक्त ढंगले अघि बढाउने बताए । उनले मन्त्री रावल तथा सत्ताधारी दलका राष्ट्रिय नेताहरूसँग राजविराजवासीको लालपुर्जाका विषयमा ३÷४ पटक काठमाडांैमा छलफल भइसकेको तथा माग पूरा गर्न सबै सकारात्मक देखिएकाले केही समयका लागि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको स्पष्ट पारेका छन् ।
उनकै हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा निरन्तरको आन्दोलनले सरकारमाथि दबाब पुगेको र माग सम्बोधन गर्न गम्भीरता देखाएको उल्लेख छ ।
आन्दोलन सुरु गरेको केही दिनमै सरकारले समस्या समाधानका लागि मन्त्रालयबाट ५ सदस्यीय टोली गठन गरेको, टोली राजविराज पुगी स्थलगत अध्ययन र सरोकारवालासँग राय, सुझाव र प्रमाण संकलन गरेको, सोको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको र सरकारले सो अध्ययनपश्चात् प्रक्रिया पूरा गरी छिट्टै लालपुर्जा प्रदान गरिने भनी वार्ताका क्रममा प्रतिबद्धतासमेत जाहेर गरिसकेकाले विश्वासमा परी तत्काल आन्दोलन स्थगन गर्ने निर्णयमा पुगेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा दोषी प्रहरीमाथि कारबाहीको मागसमेत विज्ञप्तिमार्फत गरिएको छ ।
बजार स्थापनाकालदेखि नै तोकिएको शुल्क तिरेर जग्गा खरिद गरी सो जग्गामा आफ्नै लगानीमा भवन तथा संरचना निर्माण गरी बसोबास तथा व्यापार व्यवसायी समेत सञ्चालन गरेर नगरको विकासमा योगदान पु¥याउदै आएका ५ हजार २ सय भन्दा बढी परिवारले हालसम्म लालपुर्जा (जग्गाधनी प्रमाण पुर्जा) पाउन सकेका छैनन् ।
१९९८ सालमा राजविराजमा बजार स्थापनाको क्रम सुरु भएको थियो । सोही समयदेखि बसोबास गर्दै आएकाहरू विगत ८५ वर्षदेखि लालपुर्जा माग्दै संघर्षरत छन् । तर अझै लालपुर्जा पाउन सकेका छैनन् । पछिल्लो पटक नगरवासीले संघर्ष समिति नै गठन गरी गत १ जेठदेखि निरन्तर आन्दोलन गरिरहेका थिए । राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी, बजार बन्द, अर्धनग्न जुलुस, मशाल जुलुस, लाठी जुलुस, थाली जुलुस, रिले अनशन, धर्नालगायतका कार्यक्रम सम्पन्न गरिसकेको समितिले विज्ञप्ति मार्फत सरकारी प्रतिबद्धता अबको केही दिनभित्रै पूरा नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनीसमेत दिएको छ ।
सम्बन्धित समाचार
साहित्यिक चौतारीको १२ औं साधारणसभा सम्पन्न
२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग
वेरोजगारी कम गर्न वीरगन्जमा ‘रोजगार मेला २०८३’ लाग्दै
किसानलाई पेन्सन दिनुपर्ने आजपा अध्यक्ष प्रभु साहको माग
प्रशासकीय अधिकृत वेपत्ता भएपछि मन्त्रालयलाई सहजिकरण गरिदिन मौलापुर नगरपालिकाको अनुरोध
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी






