काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब नौ सय उन्नत जातहरू विकास गरेको छ । परिषद्ले धान, मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्नबाली, दलहन, तेलहन, आलु, तरकारी, फलफूल तथा कन्दमूल बाली उन्मोचन गरेको हो ।
विभिन्न भौगोलिक हावापानी (तराईदेखि उच्च पहाडसम्म) सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषद्का प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिए । उनका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत कार्य गर्दै आएको परिषद्ले कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।
विभिन्न बाली वस्तुका जात÷नश्ल तथा उत्पादन प्रविधि विकास गर्न कृषि अनुसन्धान कार्यक्रममार्फत कृषि क्षेत्रका समस्या निराकरणका उपाय पत्ता लगाउने र कृषिसम्बन्धी नीति तर्जुमाका लागि सरकारलाई परिषद्ले आवश्यक सहयोग गर्दै आएको जनाइएको छ ।
कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण, आयात प्रतिस्थापन र समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा कृषि अनुसन्धानले योगदान पु¥याएको परिषद्का प्राविधिक अधिकृत अधिकारीले जानकारी दिए ।
सम्बन्धित समाचार
३ लाख कट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने
७ लाखको घाटाले पनि हारेन भागरथीको आँट, दूध बेचेर उभिइन् आफ्नै खुट्टामा
अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै
स्मार्ट टेलिकम धरौटी लिलाम प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा
‘नोटबन्दी किन नगर्ने’ प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले भने– हामीले सोचेका नै छैनौँ





