काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ।
यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ।
त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ।
तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)
सम्बन्धित समाचार
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड
कालिकोटका सबै स्थानीय तहले ल्याए बजेट
प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
आर्थिक अपराध हेर्ने छुट्टै निकाय चाहिन्छ: अर्थमन्त्री
आज २५ अर्बको ऋणपत्र जारी हुँदै
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव






