कोरोना संक्रमितहरुको आत्मबल बढाउदै प्रदेश साँसद मल्ल

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराका सभापति एव सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लले कारोना संक्रमण भएका व्यक्तिहरुको आत्मबल बढाउने कार्य गरिरहेका छन् ।

डडेल्धुरा जिल्लामा पहिलो पटक शुक्रबार एउटै गाउपालिकाका ५जनामा कोरोना संक्रमण भएका व्यक्तिहरुलाई विभिन्न सल्लाह,खानपान र अन्य कुराहरुको ’boutमा जानकारी गराउदै प्रदेश सभा सदस्य मल्लले उनीहरुको आत्मबल बढाउने कार्य गरेका छन् ।

प्रदेश सभा सदस्य मल्लकै गन्यापधुरा गाउपालिका वडा नं. १ र २ का गरी ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुलाई शनिबार बेलुका मात्रै क्वारेन्टाईनबाट ल्याई अपि अस्पताल डडेल्धुराको आईसुलेसनमा राखिएको छ ।

अस्पतालको आइसुलेसनमा राख्नु पुर्व प्रदेश साँसद मल्लले संक्रमितहरुलाई व्यक्तिगत सरसफाई,तातोपानीको प्रयोग गर्न र कुनै समस्या भए तत्काल सम्र्पकमा आउन भन्दै आफ्नो व्यक्तिगत सम्र्पक नम्बर समेत उपलब्ध गराएका थिए ।

प्रदेश साँसद मल्लले भने ‘आईसोलेसनमा रहेका व्यक्तिहरुका लागी घरायसी रोगप्रतिरोधात्मक जटीबुटी जस्तै टिमुर,हल्दी,गुर्जो,बेसार, अदुवा लगायतका जटीबुटीहरुको मिश्रण गरेर दिनमा ३/४ चोटी खुवाउने व्यवस्था मिलाउदै छु ।’
संक्रमितहरुलाई आईसुलेन कक्ष व्यवस्थापन गर्दा उद्योग वाणिज्य संघ डडेल्धुराका पुर्व अध्यक्ष प्रकाश साउद,डडेल्धुरा अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझा लगायतका व्यक्तिहरुले ५ वटै संक्रमित व्यक्तिहरुलाई उच्च मनोबल बनाएर बस्न र समस्या भए तत्काल जानकारी गराउन आग्रह पनि गरेका थिए ।

डडेल्धुरा जिल्लामा कोरोना रोग परिक्षणका लागी कोरोना अस्पताल निर्माण गर्नका लागी डडेल्धुराका राजनैतिक दल र स्थानीय सरोकारवालाहरु विच शनिबार छलफल भएको र त्यसको व्यवस्थापनमा लागी रहेको प्रदेश साँसद मल्लले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

राजविराज नगरबासीको लालपुर्जा प्राप्तिको आन्दोलन जारी