गीतकार उपाध्यायको घर यस्तो होस्…

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले लकडाउनकै बेलामा आफ्नो नयाँ गीत ‘घर यस्तो होस…’को भिडियो रिलिज गरेका छन् । लकडाउनमा घरभित्र बसेका मानिसहरूलाई घरप्रति अझ प्रेरणादायी बनाउन आफूले यो गीत रिलिज गरेको उनले बताएका छन् । उपाध्यायले लेखेको यो गीतलाई उनी आफैंले गाएका छन् । जसमा सागर अधिकारी ‘शरद’को संगीत रहेको छ ।

उनको यो गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । भिडियोलाई डीआर म्युजिक एन्ड क्रियसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ । आफूले यो गीतमार्फत गायन पनि सुरु गरेको उनले बताएका छन् । सवैको घर स्वर्गजस्तो होस्, जसका लागि आवश्यक कुराहरू केके हुन् भन्ने सन्देश आफूले यो गीतमार्फत दिन खोजेको उनले राजधानीलाई बताए ।

डा. उपाध्यायको लकडाउनभन्दा अघि गीतिसंग्रह ‘स्वर्गघर’ रिलिज गरेको थिए । सोही संग्रहमा यो गीत समेटिएको छ ।
१० उपन्यास र सयौं गीतमार्फत पाठक, श्रोता तथा दर्शकको मन मस्तिष्कमा बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि १२ भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत स्रोता र दर्शकमाझ आएका छन् ।

गीत लेखेरै उनले डेढ दर्जन अन्तराष्ट्रिय रेकर्ड बनाएका छन् । उनको गिनिज आफू वल्र्ड रेकर्ड पनि चाँडै आउँदै छ । अहिलेको अवस्थामा कोरोना संक्रमणका कारण छायांकन गरेर म्युजिक भिडियो बनाउन गाह्रो भएका कारण आफूले यो लिरिकल भिडियो ल्याएको पनि उपाध्यायले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !