काठमाडौं । प्रतिनिधि सभाको जेठ १७ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ समितिले संसदीय मर्यादा उल्लङ्घन भएको निष्कर्ष निकाल्दै सभामुखलाई नियमावलीअनुसार प्राप्त विशेषाधिकार तत्काल प्रयोग गर्न सुझाव दिएको छ।
प्रतिवेदनमा संसद बैठकका क्रममा अमर्यादित अभिव्यक्ति, वेल घेराउ, नाराबाजी, मर्यादापालकसँग धकेलाधकेल, सभामुखको डायसतर्फ अघि बढ्ने प्रयास तथा संसदको भौतिक संरचनामा क्षति पुगेको उल्लेख गरिएको छ। समितिले नियमावली कार्यान्वयनमा कमजोरी, संयमताको अभाव र व्यवस्थापकीय चुनौती देखिएको निष्कर्ष पनि निकालेको छ।
समितिले अमर्यादित व्यवहार गर्ने सदस्यमाथि चेतावनी, बैठकबाट निष्कासन, निलम्बन तथा क्षतिपूर्ति भराउनेसम्मका नियमावलीका व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सभामुखलाई सिफारिस गरेको छ। साथै सांसदहरूको आचारसंहिता पालना, अभिमुखीकरण, सुरक्षा तथा प्रविधि व्यवस्थापन सुधार, सिसिटिभी निगरानी, सचिवालयको क्षमता अभिवृद्धि र राजनीतिक दलहरूको आन्तरिक अनुशासन सुदृढ गर्न पनि सुझाव दिएको छ।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिले प्रहरी मुचुल्का, श्रव्यदृश्य सामग्री, प्रत्यक्षदर्शीका बयान र सम्बन्धित कागजातको अध्ययनपछि प्रतिवेदन तयार गरेको हो।
सम्बन्धित समाचार
महामन्त्रीमा विपिनलाई पाँच नेताको समर्थन
चलचित्र अध्यापन कलेजबिच नाटक घरको प्रतिस्पर्धा
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
संसदमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान






