काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर तथा ममेलोडी सनडाउन्सका खेलाडी जेडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले विज्ञप्ति जारी गर्दै एडम्सको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
संघले विज्ञप्तिमा भनेको छ, “जेडेनले हालै सम्पन्न फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै गर्व, साहस र उत्कृष्ट प्रदर्शनका साथ राष्ट्रको आशा बोकेका थिए। उनको निधन परिवार, टोलीका साथीहरू, क्लब, सम्पूर्ण फुटबल समुदाय र देशका लागि अपूरणीय क्षति हो।”
एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाका लागि तीन खेल खेलेका थिए। चेक गणतन्त्रसँग १–१ को बराबरी भएको खेलअघि एक दिन उनकी हजुरआमा मारियानाको निधन भए पनि उनले टोलीका लागि मैदान उत्रिने निर्णय गरेका थिए। उनले उक्त खेलसँगै मेक्सिकोसँग २–० ले पराजित भएको खेलमा सुरुआती रोजाइमा स्थान बनाएका थिए। दक्षिण कोरियामाथि १–० को जितमा भने उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
जुन २८ मा क्यानडासँग पराजित हुँदै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिँदा एडम्स वैकल्पिक खेलाडीको सूचीमा थिए, तर मैदानमा उत्रिएका थिएनन्।
सम्बन्धित समाचार
कुन विश्वकपमा मेस्सीकाे कति गोल ?
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल अन्तिम १६ मा
फ्रान्सका लागि पाराग्वे र फिलाडेल्फियाको गर्मी चुनौतीपूर्ण
फुटबल संस्कृतिमा बाँचेको ‘केप भर्डे’
ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन्, आज के हाेला ?
गोल गर्न किन कहिल्यै चुक्दैनन् हालान्ड ?
मेस्सी किन बने टोलीकै सबैभन्दा ठूलो प्रेरणा ?






