काठमाडौं । नयाँ नेपाली चलचित्र ‘आशा’निर्माण हुने भएको छ । बिहीबार साँझ काठमाडौँमा एक समारोहबिच यो चलचित्रको घोषणासँगै निर्माण सुरु गरिएको छ । साउनको पहिलो साताबाट यो चलचित्रको छायांकन अघि बढाइने भएको छ ।
चलचित्रलाई शर्मिला थापाले निर्माण गर्दै छिन् । समारोहमा चलचित्रको ‘टाइटल प्रोमो’ सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो । चलचित्र ‘आशा’को लेखक तथा निर्देशनमा राजीव गुरुङ रहेका छन् ।
यो चलचित्रमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारको मुख्य अभिनय रहका छन् । यो पारिवारिक कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ ।
समारोहमा चलचित्र’bout निर्माता शर्मिलाले भनिन, ‘आशा पूर्ण रूपमा पारिवारिक चलचित्र हो र बालकदेखि वृद्धसम्म सबैले हेर्न मिल्ने चलचित्र बनाउने हाम्रो प्रयास रहने छ । आफ्नै समाज र परिवारका कथालाई यसमा प्रस्तुत गर्नेछौँ ।’
यो चलचित्रलाई भदौको पहिलो सातासम्म छायांकन सम्पन्न गरेर आगामी माघे संक्रान्तिमा रिलिज गर्ने यसका निर्देशक राजीवले घोषणा समारोहमा बताए । यो चलचित्रमा रामकुमार श्रेष्ठको संयुक्त लेखन, सुदाम सिकेको कास्टिङ निर्देशन, नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र समीर खरेलको संगीत, किशोर आचार्यको ध्वनि डिजाइन रहने छ । जसमा अरुण रेग्मी प्रोडक्सन हेड, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) वितरकका रूपमा आबद्ध छन् ।
सम्बन्धित समाचार
‘झिंगे दाउ २’को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक
धान रोप्न खेतमा चलचित्र ‘हली’का कलाकार
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
अवैध अमेरिका छिर्नेहरुको पीडामा डा. चन्द्रले ल्याए ‘डंकी’
‘नवल खड्का’ पुस्तक बजारमा
हलिउड गायिका टेलर र फुटबल खेलाडी ट्राभिसले गरे विवाह
फेरी सँगै बस्न थाले विल स्मिथ र श्रीमती जाडा






