बाल प्रतिभाको लागि ‘म पनि एक्टर’ प्रतियोगिता

काठमाडौं । काठमाडौंको कालिका स्थानमा रहेको सर्वनाम थिएटरले बालबालिकाहरूलाई लक्षित गरेर ’म पनि एक्टर’ घोषणा गरेको छ । राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता स्वरूप ‘म पनि एक्टर’ घोषणा गरिएको सर्वनाम थिएटरले जनाएको छ । आयोजकका अनुसार यो प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्ने छन् ।

यो प्रतियोगिताको लागि आगामी साउनको तेस्रो सातासम्म प्रतियोगीले आवेदन दिनु पर्ने आयोजक संस्थाले जनाएको छ । सर्वनाम थिएटरले देशभरका अभिभावक, विद्यालय तथा सांस्कृतिक संस्थाहरूलाई आफ्ना बालबालिकालाई प्रतियोगितामा सहभागी गराई उनीहरूको सिर्जनात्मक क्षमता प्रदर्शन गर्न समेत अनुरोध गरेको छ ।

यसरी देशभरबाट प्राप्त आवेदन मध्ये उत्कृष्ट ३० जना प्रतियोगी छनोट गरी प्रतियोगितामा सहभागी गराइने भएको छ । उनीहरूलाई केही समय अभिनय सम्बन्धी प्रशिक्षण दिएर बल्ल प्रतिस्पर्धामा उतारिने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीय हुनेले ७ हजार रुपैयाँ र तृतीय हुनेले ५ हजार रुपैयाँसहित सर्वनामको नाटकमा अभिनय गर्ने अवसर पाउने छन् । यस्तै उत्कृष्ट पाँच जना विजेतालाई सर्वनाम थिएटरद्वारा सञ्चालन हुने तीन महिनाको अभिनय प्रशिक्षण निःशुल्क प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण