काठमाडौं । अघि बढ्दै गएको वैदेशिक पलायन र अवैध बाटो हुँदै अमेरिका पुग्ने नेपाली युवाको जोखिमपूर्ण यात्रालाई केन्द्रमा राखेर लेखिएको डा. चन्द्र गिरीले नयाँ उपन्यास ‘डंकी : सपनाको कालबाटो’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकलाई काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ ।
कृतिले सपना पछ्याउने क्रममा भोग्नुपरेका संघर्ष, पीडा र मानवीय संवेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको लेखक तथा समीक्षकहरूले सार्वजनिक समारोहमा बताए । मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी, पत्रकार तथा उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ, कवि शंकर गिरी (पथिक) र लेखक डा. चन्द्र गिरीले यो पुस्तक संयुक्त रूपमा पुस्तक विमोचन गरे । यो उपन्यासमा इलामका
एक युवाको डंकी रुट हुँदै अमेरिकासम्मको जोखिमपूर्ण यात्रालाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । यस उपन्यासलाई लेखक गिरीले आशा, साहस, निराशा र आत्मसम्मानको कथा समेटिएको छ ।
कृष्ण धरावासीले ‘डंकी’लाई अनुसन्धानमा आधारित विश्वसनीय आख्यानको संज्ञा दिँदै लेखकले वास्तविक स्थानमा पुगेर सामग्री संकलन गरेकाले कृति अझ प्रभावशाली बनेको बताए ।
उपन्यासको कथाको प्रशंसा गर्दै वसन्त बस्नेतले अमेरिका नेपाली समाजमा एउटा गन्तव्य मात्र नभई मानसिक आकांक्षाको प्रतीक बनिसकेको छ भने । उनले उपन्यास गहिरो अध्ययनपछि तयार भएको बताए। साहित्यकार बिना थिङले यसले नेपाली समाजको आर्थिक, सामाजिक र राजनीतिक यथार्थलाई प्रभावकारी रूपमा उजागर गरेको धारणा राखिन् । बुकहिलद्वारा प्रकाशित ७१७ रुपैयाँ मूल्यको यो कृति आप्रवासनको यथार्थ कथा प्रस्तुत गरिएको छ । यो पुस्तक यात्रा संस्मरण शैलीमा तयार गरिएको उपन्यास हो ।
सम्बन्धित समाचार
आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
क्रिटिक्स अवार्ड विजेतामा हरिवंशदेखि मीन भामसम्म
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
‘आचार्य’ लिएर ११ वर्षपछि निखिल
नेपालमा पनि बन्न थाल्यो पुरानो चलचित्रको ‘रिमेक’
अक्षय भन्छन्,‘अब चलचित्रबाट दर्शक हँसाउन गाह्रो छ’
देशभर प्रदर्शन हुँदै ‘भागदौड’
१३औँ म्यूजिक खबर म्युजिक अवार्ड : शम्भूजीतलाई दीर्घ साधना सम्मान, ३३ विधामा अवार्ड प्रदान






