लालपुर्जाको आश्वासन दिन सुकुमवासीमाझ मन्त्रीको टोली

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरीपाटीमा सारिएका सुकुमवासीलाई सरकारले लालपुर्जासहित स्थायी पुनर्स्थापनाको आश्वासन दिएको छ ।

आइतवार गहमनत्री सुदन गुरुङसहित ५ जना मन्त्रीको टोली पुगेर होलिडङ सेन्टरका सुकमवासीसमक्ष चाँडै लालपुर्जा वितरणको आश्वासन दिएका हुन् ।

प्रति परिवार २५ हजार रुपैयाँ दिएर होल्डिङ सेन्टरबाट लखेट्ने योजनामा रहेको सरकार चोतर्फी दबाबपछि पछि हट्दै व्यवस्थापनका लागि जग्गा खोजीमा जुटेको हो ।

होल्डिङ सेन्टर पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सुरक्षित स्थानमा स्थानान्तरण गरिने आश्वास दिदै लालपुर्जा वितरण गरी स्थायी व्यवस्थापन गर्ने प्रतिवद्धता जनाइन् ।

उनले असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने विषय आफूले संसद्को रोष्ट्रमबाट घोषणा गरिसकेको उल्लेख गर्दै बर्दियाबाट वितरण प्रक्रिया सुरु भइसकेको बताइन् । क्रमशः देशका अन्य जिल्लामा पनि विस्तार गरिने भन्दै उनले सरकारले अलपत्र नपार्ने प्रतिवद्धता जनाइन् ।

होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका हकमा भने आवश्यक कागजात प्रमाणीकरण र जग्गा पहिचानको प्रक्रिया पूरा भएपछि मात्र लालपुर्जा वितरण गरिने उनकोभ नाइ छ । ‘हामीले सुकुमवासी मात्र पहिचान गरेर पुग्दैन, उनीहरूलाई उपलब्ध गराइने जग्गा पनि पहिचान गर्नुपर्छ । त्यसैले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्नसक्छ । तर कसैलाई पनि जग्गाबिहीन बनाउँदैनौं,’ उनले भनेकी छिन् ।

गृहमन्त्री सुधन गुरुङले सुकुमवासीका बालबालिकाको शिक्षादेखि दैनिक जीवनसँग जोडिएका समस्याप्रति सरकार संवेदनशील रहेको भन्दै आवश्यक जिम्मेवारी सरकारले लिने बताए । स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या आए मन्त्रालयले तत्काल सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि शनिबार खरीपाटी सारिएका सुकुमवासीको अवस्था बुझ्न मन्त्रीहरूको टोली नै पुगेको हो । मन्त्रीहरुले पुनःस्थापना प्रक्रिया अघि बढिरहेको, आवश्यक जग्गा पहिचान र कागजात प्रमाणीकरण पूरा भएपछि लालपुर्जा वितरण गरिने आश्वासन दिएर फर्किएका छन् । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बसेका सुकुमवासीलाई खरिपाटीमा राखिएको छ ।

रिपोर्टिङ गर्न सिडिओको अनुमति !
भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीका विषयमा रिपोर्टिङका लागि फिल्डमा पुगको पत्रकारलाई सिडिओको अनुमति ल्याउन भनिएाके छ ।

होल्डिङ सेन्ठटरका कर्मचारीले ‘माथिको आदेश’ बिना छिर्न नदिने भन्दै सिडिओको आदेश ल्याउन भनेका हुन् । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गुणस्तरहीन खाना खुवाइएको विषय बाहिरिएपछि सरकारको आलोचना भएकोे थियो । यो आलोचनाबाट सतर्क सरकारी अधिकारीले रिपोर्टिङमा कडाइ गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै