भक्तपुर । जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरे ।
त्यस अवसरमा प्रदेशमन्त्री थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताए । उनले भक्तपुर अस्पतालमा मुटुरोग सेवा विस्तार, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि रु १५ करोड बजेट विनियोजन, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट छुट्याइएको जानकारी दिए ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले भक्तपुर अस्पताल मुलुककै उत्कृष्ट अस्पतालका रुपमा स्थापित भएको बताए । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणाले हरेक वर्ष बाल मृत्युदरमा करिब ८० प्रतिशतले घटेकाले यसको दिगोपना कायम राख्नु ठूलो जिम्मेवारी रहेको धारणा राखे ।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जिल्लामा जन्मेदेखि १६ महिनासम्मका पाँच हजार ५० बालबालिका तथा १६ महिनादेखि २३ महिनासम्मका पाँच हजार ६८४ बालबालिकाले आवश्यक सबै खोप पूर्ण रुपमा प्राप्त गरेको जानकारी दिईन ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणासँगै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्ने बताइन ।
त्यस अवसरमा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरियो ।
सम्बन्धित समाचार
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न आग्रह
विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय






