काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित २ आयुक्तहरूको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
मंगलबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना वितरण गरिएको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
संसदमा राजेन्द्र राईको अभिव्यक्तिपछि विवाद
सीमा विवाद’bout सरकारको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध जारी
नेपाली मृत्यु प्रकरण: सदन र सडकमा प्रधानमन्त्रीको राजीनामा माग
संसदमा गृहमन्त्रीको प्रश्न : स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ?
प्रसाईंलाई कार्यक्रम गर्न किन रोक्यो प्रहरीले ?
मिडियाको कार्यालयअघि गाडी तेर्स्याइएको विषयमा रास्वपाले के भन्यो ?
सुदूरपश्चिममा बजेट विवाद : उत्कर्षमा मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री






