काठमाडौं । पर्वत जिल्लाको कुस्मा नगरपालिका–५ स्थित बन्जिसाइडको भिरबाट हाम फालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली सोमबार साँझ करिब ९ बजे सो भिरबाट हाम फालेका थिए । त्यसलगत्तै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोली खटिएको थियो ।
आज बिहान पुनः सो गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करिब सवा ७ बजे फेला पारेको हो ।

सो टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करिब १ सय ३० मिटर तल भिरबाट झन्डै ३५ मिनेटको प्रयासमा निकालेको थियो ।
उनी सामान्य घरायसी विवादका कारण सो भिरबाट हाम फालेको बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)
सम्बन्धित समाचार
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
गणेश नेपालीको अवस्था गम्भीर र अस्थिर छ : वीर अस्पताल
रहेनन् आफ्नै शरीरमा आगो लगाएका गणेश नेपाली
उद्यमी अस्मिनकुमार राउतद्वारा आत्मदाहको प्रयास
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी राउतको निधन
गणेश आत्मदाह प्रकरणः महानगरले गर्यो क्षतिपूर्ति र रोजगारीको ग्यारेन्टी
बौद्धमा महिलाद्वारा आत्मदमाह प्रयास, कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार जारी






