काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई सङ्कल्प गर्न भएको बताएका छन्।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आज ललितपुरमा पार्टीद्वारा आयोजित उक्त प्रतियोगिता पछि उनले जलवायु परिवर्तनका ’boutमा सचेतना जगाउन र सङ्कल्प गर्न पनि यहाँ उभिएको उल्लेख गरे।
सभापति थापाले भने, “जङ्गल, जमिनलगायत प्राकृतिक स्रोतसाधनलाई संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले त्यतिबेला नै ल्याउनुभएको थियो।”
जननायक बिपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोतसाधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले फेरि सङ्कल्प गरेको सभापति थापाको भनाइ थियो।
सभापति थापाले भने “समावेशिताको अवधारणालाई पनि सात दशकअघि नै कांग्रेस संस्थापक नेता बिपी कोइरालाले व्यवहारमै लागू गराउनुभएकाले त्यसप्रति हामी पूर्ण प्रतिबद्ध छौँ।”
त्यसअवसरमा सभापति थापाले प्रतियोगितामा विजयी धावकलाई नगद पुरस्कार प्रदान गरे। ललितपुरको युएन पार्कबाट सुरु भएको पाँच किमी दूरीको उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने मुकेशबहादुर पाललाई रु ५० हजार नगदसहित पुरस्कार प्रदान गरियोे। प्रतियोगितामा द्वितीय र तृतीय हुने नरेन्द्रसिंह रावल र सञ्जय श्रेष्ठलाई क्रमशः रु २५ हजार र रु २० हजार नगद पुरस्कार प्रदान गरियो। प्रतियोगितामा सभापति थापासमेत सहभागी थिए।
यसैबीच, कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको छ। कोषको घोषणा गर्दै सभापति थापाले घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई त्यस कोषबाट सहयोग गरिने प्रतिबद्धता जनाए।
कोषमा पार्टीका सदस्यकोतर्फबाट सङ्कलन गरिएको रु १० लाख जम्मा भएकाले त्यस’bout बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरिने कार्यक्रममा थप जानकारी दिइने बताइएको छ।
त्यस्तै, उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकतामा जोड दिइएको छ।
त्यसअवसरमा सहभागीलाई विभिन्न जातका बिरुवा वितरण गरिएको थियो। उक्त अवसरमा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो।
कांग्रेसले बिपी स्मृति दिवसकै अवसरमा भोलि दिउँसो २ः०० बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ।
सम्बन्धित समाचार
नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
मिडियाको कार्यालयअघि गाडी तेर्स्याइएको विषयमा रास्वपाले के भन्यो ?
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
सम्पत्ति छानबिन आयोगलाई कुनै पनि काम अघि नबढाउन सर्वोच्चको आदेश
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा






