जीर्ण भन्सार कार्यालयलाई लक्ष्य प्राप्तिको चिन्ता

राजविराज । राजविराज भन्सार कार्यालयले आर्थिक बर्ष २०८२-२०८३ मा सात करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त कार्यालयलाई ८ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्षय तोकिएको थियो । बार्षिक लक्ष्यको ९० दश्मलव १ प्रतिशत राजस्व संकलन गर्न सकिएको राजविरज भन्सार कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले अघिल्लो आर्थिक वर्षमा २०८१-०८२ मा तोकिएको भन्दा कम ८० दश्मलव ९३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो । २०८२-०८३ मा भने १० प्रतिशत राजस्व संकलन बृद्धि गर्न सफल भएको राजविराज भन्सार कार्यालयका नायब सुब्बा एवम् सूचना अधिकारी विजयकुमार साहले जानकारी दिए ।

लक्ष्य शत प्रतिशत पूरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका विभिन्न समस्याकाबीच प्राप्त नतिजा सन्तोषजनक नै मान्नु पर्ने नायब सुब्बा साहको कथन छ । उनका अनुसार भन्सार कार्यालय प्रवेश गर्ने मुख्य सडक र पुल लामो समय देखि जीर्ण हुँदा आवागमन प्रभावित भई राजस्व संकलन कार्यमा समेत प्रभाव पारेको छ ।

भन्सार कार्यालयको ५० मिटर दुरीमा मात्र रहेको सडक र पुल तीन बर्ष अघि आएको बाढीले क्षतिग्रस्त बनाएको र अझै मरमत सम्भार हुन नसक्दा ठूला सबारी साधन आवतजावत ठप्प नै रहेको उनको भनाई छ ।

“सडक र पुल जीर्ण हुँदा घेरै मालबाहक सवारीसाधनले अन्य मार्ग प्रयोग गर्न थालेका छन, नायब सुब्बा साहले भने– यसै कारण आयात कारोबारमा प्रत्यक्ष असर पारेको छ ।” उनले बिगतमा भारतीय चलचित्रहरुबाट समेत राम्रै राजस्व संकलन हुने गरेकोमा हाल चलचित्र गृहहरु कम हुँदै गएका कारण पनि राजस्व संकलन कार्यमा प्रभाव पारेको सुनाए ।

यस नाकाबाट मुख्य रुपमा कपडा इलोकट्रोनिक, किराना तथा विभिन्न उद्योगका कच्चा पदार्थ आयात हुने गरेको छ । लामो समय देखि सडक र पुल जीर्ण हुँदा राजस्व संकलनमा मात्र नभई सर्वसाधारणलाई आवगमनमा समेत समस्या भईरहेकाले यसतर्फ सरोकारबाला निकायको ध्यान जानुपर्ने स्थानियहरुको सुझाव रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी