काठमाडौं । प्रधानमन्त्री श्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या समाधान तथा निर्माण व्यवसायको प्रवर्द्धनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विकासको महत्वपूर्ण आधार भएको उल्लेख गरे । उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखे ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए ।
महासंघका प्रतिनिधिहरूले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीमा ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौती’bout प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा पनि उनीहरूले व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका व्यावहारिक समस्या समाधानका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको बताउँदै पूर्वाधार विकासलाई तीव्रता दिन सम्बन्धित सबै पक्षबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित
कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
रास्वपा केन्द्रीय सदस्यमा को-को निर्वाचित भए (नामावलीसहित)
रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए
रास्वपा पदाधिकारी चयनका लागि सकियो मतदान






