अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सो संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो । विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्तविपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो । अनुगमनका क्रममा सो संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लंघनसमेत गरेको देखिएको जनाइएको छ ।

सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय सीटीईभीटीलाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत्रूपमा प्रयोग गरेको भेटिएको छ । संस्थाले अनुमति लिँदा तोकिएका विधाहरू भन्दा फरक विषयमा पनि तालिम दिने गरेको पाइएको छ ।

अनुगमन टोलीले सो संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्र अध्ययनका लागि नियन्त्रणमा लिएको जनाइएको छ । अनुगमन टोलीले उपलब्ध गराएको कागजातको अध्ययन अनुसन्धानपश्चात् संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी