नास्पातीको क्रेटभित्र ठूलो परिमाणमा गाजा जस्तो सामान, तीन जना पक्राउ

काठमाडौं । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट ठूलो परिमाणमा गाजा जस्तो पदार्थ बरामद भएको छ । नास्पातीको क्रेटभित्र लुकाएर राखिएको अवस्थामा गाजा जस्तो सामान बरामद भएको हो ।

विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा एक पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साह छन् । पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको तथा गाँजाको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धानलाई थप विस्तार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ बरामद भएको बताए ।

बरामद गाँजाको तौल प्लास्टिकसहित ६६३ केजी र प्लास्टिक हटाउँदा ६५२ केजी रहेको उनले बताए । उनले करिब ९ हजार ९२० केजी नास्पाती समेत नियन्त्रणमा लिइएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु