काठमाडौँ । नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारका लागि २४ औँ पटक आमरण अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेको छ।
संघले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसी पुनः आमरण अनशनमा बस्नु परेको परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अनशनका क्रममा उनको स्वास्थ्यमा विभिन्न जटिलताहरू उत्पन्न भइरहेको संघले जनाएको छ। उनको उमेर र हालसालै सम्पन्न भएको शल्यक्रियाबाट स्वास्थ्य लाभ गरिरहेको परिस्थितिलाई मध्यनजर गर्दा उनको स्वास्थ्य स्थिति थप जोखिमपूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ।
संघले डा. केसीले उठाएका जायज मागको अविलम्ब र उपयुक्त समाधान निकाली उनको अमूल्य जीवन रक्षा गर्न सरकार तथा सम्बद्ध निकायलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ।
“उहाँको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको स्थितिलाई मध्यनजर गरी उहाँको जीवन रक्षाका लागि उहाँले उठाउनुभएका जायज मागलाई हदैसम्मको संवेदनशीलताका साथ उपयुक्त समाधानका लागि आवश्यक पहल गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवालालाई हार्दिक आग्रह गर्दछ।” पत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
आईसीयू शय्या नपाउँदा सेती अस्पतालमा ७२ वर्षीय वृद्धको मृत्यु
डडेल्धुरा अस्पतालमा अनियमितताको आरोप
धनगढी उपमहानगरद्वारा दशरथ चन्द विश्वविद्यालय परिसर सरसफाइ
बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते
सुदूरपश्चिममा दोस्रो पटक बजेट ‘होलिडे’, खर्च गर्ने कानुनी आधार सकियो
मृत्युको पासो बन्दै बझाङका ग्रामीण सडक
धनगढीमा २० रुपैयाँमै भरपेट शाकाहारी भोजन






