धनगढी । सुदूरपश्चिमको गौरवका रूपमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसर धनगढी उपमहानगरपालिकाले सरसफाइ गरेको छ ।
कैलालीको गेटास्थित विश्वविद्यालय परिसरमा वर्षायामसँगै झाडी र बुट्यान अत्यधिक बढेपछि सर्प, किरा–फट्याङ्ग्रालगायतको जोखिम बढ्नुका साथै परिसरको सौन्दर्यसमेत प्रभावित भएको थियो । विश्वविद्यालयले सार्वजनिक रूपमा सहयोगको आह्वान गरेपछि धनगढी उपमहानगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो ।
नगर प्रमुख गोपाल हमालको नेतृत्वमा बिहीबार सञ्चालन गरिएको अभियानमा जनप्रतिनिधि, उपमहानगरका कर्मचारी तथा नगर प्रहरीको सक्रिय सहभागिता रहेको थियो ।

सरसफाइका लागि उपमहानगरले ७ वटा ब्याकुलोडर, घाँस काट्ने मेसिनसहितको १ ट्याक्टर र १ ग्रेडर परिचालन गरेको थियो । अभियानका क्रममा परिसरभर फैलिएका झारपात, फोहोर तथा अव्यवस्थित सामग्री हटाएर वातावरणलाई सफा र व्यवस्थित बनाइएको छ ।
अभियानका क्रममा नगर प्रमुख हमालले सुदूरपश्चिमको भविष्यसँग जोडिएको विश्वविद्यालयको विकास र संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले भने, ‘सुदूरपश्चिमको सपना बोकेको विश्वविद्यालय निर्माण हुँदैछ। यसको विकास र संरक्षणमा सबैले मिलेर योगदान पुर्याउनुपर्छ ।’
नगर प्रमुख स्वयं नेतृत्व गरेर सरसफाइ अभियानमा सहभागी भएकोमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सहकार्यको अपेक्षा रहेको बताए ।
सम्बन्धित समाचार
टीकापुर उद्यानमा पर्यटकको आकर्षण
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
विदेश होइन, गाउँमै भविष्यः उन्नत भैँसीपालनबाट मासिक एक लाख आम्दानी
भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित
सुदूरपश्चिममा बजेट विवाद : उत्कर्षमा मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन






