काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशले प्रकाशित गरेको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक गरिएको छ। पुस्तकमा लेखक तथा फोटोग्राफर भरतबन्धु थापाले बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका आकर्षक तस्वीरसँगै संक्षिप्त परिचय समेटेका छन् ।
पुस्तक सार्वजनिक गर्दै संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले यसले बागमती प्रदेशको पर्यटन, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
लेखक थापाले पुस्तकले प्रदेशका सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई एकै ठाउँमा प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धन र सम्पदा संरक्षणमा योगदान पुर्याउने बताए ।
तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)






