प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको बताएका छन्। भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई निम्ता पठाइएको बताएका हुन् ।

जैसवाललाई नेपालबाट विशेषदूतले भारतको भ्रमण गरेको विषयमा पनि प्रश्न सोधिएको थियो । त्यस’bout आफूलाई सूचना नभएको उनले बताएका छन् । भारतले नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएको छ कि छैन भन्ने प्रश्नमा जैसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ