काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम अनुमोदन गरेको छ ।
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
सर्वोच्चका रजिस्ट्रारका रूपमा कार्यरत कार्कीलाई संवैधानिक परिषद्ले प्रमुख आयुक्तका रुपमा सिफारिस गरेको थियो ।
कार्कीले सुनुवाइका क्रममा निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताएका छन् ।
हदरबारस्थित समितिको आजको बैठकमा सांसदहरूले राखेको चासो र विज्ञासाको जवाफमा उनले निर्वाचन प्रणाली सुधार गर्न तीन तहका सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताएका छन् ।
उनले निर्वाचन आयोगलाई सफल हुनका लागि सबै दल र सबै तहका सरकारबाट उत्तिकै सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै उजुरीका विषयमा प्रक्रिया नपुगीकन आएको रिट निवेदन भएकाले दर्ता गर्न अस्वीकार गरेको जानकारी गराएका छन् ।
कार्कीले निर्वाचनमा पैसा र शक्तिलाई कानुनीरूपमा नियन्त्रण गरेको हुनाले राजनीतिक दल, सरकार र सञ्चारमाध्यम कसैले पनि प्रयोग गर्न नहुने र कानुनीरूपमा कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले मतदान केन्द्रमा मतगणना गर्दा लागत पनि कम हुने र छिटो पनि गणना हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । निर्वाचनका दिन सवारी साधन सुरक्षाका कारण नचलाउने भन्दै यस’bout थप छलफल गर्ने बताए ।
विदेशमा बस्ने नेपालीलाई मतदान गर्न उनीहरूको संख्या यकिन, विधि कस्तो बनाउने भन्ने विषयमा बृहत् गृहकार्य जरुरी भएको र नोट चल्ने भोट नचल्ने भन्ने विषय गहन छलफल जरुरी भएको उनको भनाइ थियो ।
सम्बन्धित समाचार
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल
अविरल वर्षाका कारण प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान
आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु
चिकित्सा शिक्षा आयोगका लागि ६ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत






