जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन भएको छ । देवानगञ्ज घटनामा संलग्नलाई कारवाहीको माग राख्दै प्रशासनमा ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रदर्शन भएको हो ।

मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजी गर्दै प्रदर्शनकारी प्रशासन कार्यालयअगाडि पुगेपछि सुरक्षा तैनाथी बढाइएको छ । जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सुरक्षाकर्मीले ब्यारिकेड खडा गरेर प्रदर्शनकारीलाई रोकेर राखेका छन् ।

देवानगञ्ज घटनामा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो । गोली लागेका अरू केही घाइतेको उपचार विराटनगरस्थित विभिन्न अस्पतालमा भइरहेको छ ।

दुई समुदायका बीचमा भएको झडप नियन्त्रणका लागि सशस्त्र प्रहरीले गोली चलाएको थियो । सो घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन तोडफोड र आगजनी भएको छ । घटनापछि सुनसरीका नौ वटा स्थानीय तहमा कर्फ्यु जारी भएको छ ।

सुनसरीको देवानगंज–कप्तानगंज क्षेत्रमा भड्किएको साम्प्रदायिक हिंसा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले लगाएको कर्फ्यु बिहीबार पनि यथावत् राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सूचना प्रकाशन नभएसम्मका लागि भन्दै साउन १२ गते राति ९ बजेबाट जारी गरिएको कर्फ्यु अझै हटेको छैन । कर्फ्यु जारी रहेकाले सुनसरी भने सामान्य रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री पदबाट सुधनलाई हटाउन जेन–जी समूहको माग