रवि लामिछाने र धार्मिक अगुवाबिच सिंहदरबारमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सामाजिक सद्भाव कायम राख्ने विषयमा धार्मिक अगुवासँग छलफल गरेका छन्।

लामिछानेले शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिन्दु र मुस्लिम धार्मिक अगुवाहरुसँग छलफल गरेका हुन्।

उनले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद र विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग सामूहिक छलफल गरेका उनको सचिवालले जनाएको छ।

उनले धार्मिक अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका छन्।

कोसी र मधेसका केही जिल्लामा बढेको साम्प्रदायिक सद्भाव विरोधी क्रियाकलापको कारण त्यहाँको अवस्था असहज भइरहेको बेला सभापति लामिछानेले सक्रियता बढाएका हुन्।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

देवानगञ्ज गोलीकाण्डः मृतकका परिवारले शव बुझेनन्