जनसंख्या अध्ययन तथा सूचना केन्द्र स्थापनाको माग

काठमाडौं । नेपाल जनसंख्या संघ (पान)ले जनसंख्याका मुद्दालाई सम्बोधनका लागि जनसंख्या अनुसन्धान तथा सूचना केन्द्र स्थापना गर्न माग गरेको छ ।

पानको एक टोलीले प्रधानमन्त्रीका नाममा एक स्मरण पत्र बुझाउँदै नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना, बसाँइसराइ तथा यसले सामाजिक, राजनीतिक क्षेत्रमा पार्ने असर’bout समयमा नै सरकारलाई जानकारी दिनका लागि पनि छुट्टै निकाय आवश्यक रहेको उल्लेख गरेको छ ।

पानका अध्यक्ष पद्मप्रसाद खतिवडा, उपाध्यक्ष मनु मिश्र महासचिव प्रदिप बोहोरा लगायतको टोलीले प्रधानमन्त्रीको सचिवालयमा उक्त स्मरण पत्र बुझाएको छ । स्मरण पत्रमा हालै संघीय मन्त्रालयको पुनर्संरचना क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ‘जनसंख्या’ हटाइएको यस्तै मन्त्रालयमा रहेको महाशाखा पनि हटाउने तयारी भएको भन्ने जानकारी आएकोमा उक्त महाशाखा यथावत् राख्न माग गरिएको छ ।

पानले विभिन्न ६ वटा बुँदामा जनसंख्या सम्बन्धी सरकारी संरचनाको आवश्यकता ’boutमा ध्यानाकर्षण गराएको छ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री जाने भएपछि सिरहामा तनाव