काठमाडौं । नवलपरासी पश्चिममा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन् ।
पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा यूपी ५७ बीपी ४१६२ नम्बरको भारतीय मोटरसाइकल दुर्घटना हुँदा भारतको कुशीनगर जिल्ला रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको मृत्यु भएको हो ।
यसैगरी, दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीय कमल राना घाइते भएको प्रहरीले जनाएको छ ।
घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)






