खोलाले बगाएर छोराको मृत्यु भएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला

इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ मा आमा–छोराको मृत्यु भएको छ ।

अनिल खत्रीका अन्दाजी ११ वर्षीय छोरा आहान खत्रीको विद्यालयबाट घर फर्कने क्रममा बजुर खोलाले बगाएर मृत्यु भएको हो । छोराको मृत्युको खबरपछि उनकी आमा अन्दाजी ३५/३६ वर्षीया अमृता लेप्चा खत्री आफ्नै घरदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी देवीदत्त मोतेले जानकारी दिए ।

प्रहरीका अनुसार गुल्मी जिल्ला स्थायी घर भई ८/९ वर्षदेखि माइतीघर माईजोगमाई–२ मा बसोबास गर्दै आएका थिए । प्रहरीका अनुसार दुवै घटनालाई लिएर थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार