काठमाडौं । सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
साउन ९ गते सुनसरीको कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपको स्थिति आएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।
सुरक्षाकर्मीको गोलीले लागेर कप्तानगन्जमा तीन जनाको मृत्यु भएको छ। त्यही घटनापछि विवाद बढ्दै जाँदा सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ।
तराई(मधेशका घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए। त्यस्तै, घाइतेहरूको उपचारको व्यवस्था पनि सरकारले गर्ने निर्णय गरेको छ।
तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)
सम्बन्धित समाचार
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
सुनसरीमा हटाइयो कर्फ्यू
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्
मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता
कार्यस्थलमा स्तनपान कक्षको अभाव






