काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाउन प्रस्ताव गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाएर आन्दोलनलाई फराकिलो बनाउनुपर्ने बताएका हुन् ।
‘कम्युनिस्ट आन्दोलनका लागि हाम्रो प्रस्ताव छ । नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाऊँ । फराकिलो तरिकाले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ । तर नयाँ दृष्टिकोण हुनुपर्छ । दुई दशक कम्युनिस्ट नेताहरूलाई हेर्दा ७० प्रतिशत जनम खुम्चिएको छ । त्यो पनि उत्साहित छैन’, उनले भने ।
संसदीय कम्युनिस्टहरूले दुई तिहाइ नजिकको सरकार बनाउँदा समेत राज्यका निकायहरूलाई व्यवस्थापन गर्न नसकेको उनले आरोप लगाए ।
विप्लवले भने– ‘दुई तिहाइ नजिक मत ल्याएर सरकार चलाएका कम्युनिस्ट पार्टीले संसदीय तरिकाले मात्र सोच्न थाले । सरकारमा पुगेर दुईरतीन वटा प्रधानमन्त्री चलाउँदा पनि सरकारमा जाने र सरकारी निकायलाई उचित व्यवस्थापन गर्न नसक्ने कम्युनिस्ट सायद अब सिद्धियो ।’
सम्बन्धित समाचार
वर्षायाममा किन आवश्यक छ विशेष सावधानी ?
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
कर्णालीमा मंगलबहादुर शाही बन्दैछन् मुख्यमन्त्री
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
सुनसरी घटना शान्त पार्न ९ दलको साझा अपिल
बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने
कांग्रेस संसदीय दलको बैठक सुरु
सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई के-के समस्या सुनाए ?






