बालेन सरकारका ६ मन्त्री र ३ दर्जन रास्वपा सांसद विदेश सयरमा

काठमाडौं । सार्वजनिक बिदा कटौती, प्रशासनिक सुधार, सरकारी खर्चमा मितव्ययिताको नारा लगाउँदै सत्तारोहण गरेको वालेन्द्र शाह नेतृत्वको सरकार आफ्नै पूर्वघोषित एजेण्डा र प्राकृतिक प्रकोप पछिको पुनस्र्थापनाको एजेण्डा अलपत्र पार्दै विदेश शयरमा व्यस्त रहेको छ ।

बालेन शाह नेतृत्वको सरकारका एक तिहाइ मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त देखिएका छन् । देशभित्र बाढीपहिरोपीडितको पुनस्र्थापना, विपद् जोखिम न्यूनीकरण, सरकारी सेवा प्रवाहको सुधार र सुशासनका प्रतिबद्धता कार्यान्वयन हुन नसकिरहेका बेला मन्त्रिपरिषद्का करिब एकतिहाइ मन्त्री विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमको नाममा विदेश भ्रमणमा निस्किएका हुन् ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका १६ मन्त्रीमध्ये ६ जना विभिन्न देशका कार्यक्रममा सहभागी हुने क्रममा विदेश रहेका हुन् । जलवायु परिवर्तन सम्बन्धि विश्व सम्मेलन कोप ३१, पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय सुरक्षा तथा अन्य कार्यक्रमका नाममा मन्त्रीहरु विदेश पुगेका हुन् । मन्त्रीहरूको भ्रमणको उद्देश्य फरक भए पनि एउटै समयमा यति ठूलो संख्यामा मन्त्री विदेशिनुले सरकारको प्राथमिकता र कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषिमन्त्री गीता चौधरी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेता टर्कीको अन्ताल्या पुगेका छन् । एउटै अन्तर्राष्ट्रिय सम्मेलनसँग जोडिएर पाँच मन्त्रीको विदेश भ्रमण भएको कोपकै इतिहासमा दुर्लभ देखिएको छ । पाँच मन्त्री र प्रशस्तै सांसदहरु पुगेको कोप ३१ नेपालले सोचेजस्तो उपलब्धि प्राप्त गर्नुभन्दा नेपाल पेभिलियनमा देखिएको नेपाल बाहुल्यताका कारण चर्चामा भने रहेको छ ।

कोप–३१ मा नेपालको सहभागिता यसपटक अस्वाभाविक रूपमा ठूलो देखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा गएको औपचारिक प्रतिनिधिमण्डलमा कृषिमन्त्री गीता चौधरी पनि सहभागी छिन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छुट्टै भ्रमणमा टर्की पुगेका छन् । सञ्चारमन्त्री डा.विक्रम तिमल्सिना पनि विश्व दुरसञ्चार संघको सम्मेलनमा दोहा पुगेका छन् भने शुक्रबार नै गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स दुबइ उडेका छन् ।

यसबीच पर्यटनमन्त्री खडकराज पौडेलको बेलायत भ्रमण पनि विवादमा परेको छ । उनी नोभेम्बर ३ देखि ५ सम्म लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्केटमा सहभागी भएर फर्किएका थिए । सरकारी खर्चमा नभएर दातृ निकायको खर्चमा जाने भएकाले मन्त्रीपरिषद्बाट समेत निर्णय नगराई गएको भन्दै आलोचना भएको छ । सरकारका प्रवक्ताले सार्वजनिक गरेको विवरण र प्रेस विज्ञप्ती लगायतमा उल्लेख नभएकाले पर्यटनमन्त्रीको भ्रमण विवादमा समेत आएको हो ।

सरकारले सार्वजनिक बिदा कटौती, कर्मचारीको कार्यसम्पादन सुधार, प्रशासनिक खर्च नियन्त्रण र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । तर मन्त्रीहरूको विदेश भ्रमणको औचित्य, खर्च, उपलब्धि र त्यसको सार्वजनिक जवाफदेहिता’bout स्पष्ट मापदण्ड नभएको भन्दै सुशासनविज्ञहरुले आलोचना गरेका छन् ।

विदेश भ्रमणमै सांसद टोली, एकै महिनामा भारत र चीन
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा शीर्ष नेताहरू एकपछि अर्को विदेश भ्रमणमा निस्किएका छन् । एकै महिनाको अवधिमा भारत र चीन भ्रमणका लागि पार्टीले छुट्टाछुट्टै उच्चस्तरीय टोली परिचालन गरेको छ । भारतीय सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सभापति रवि लामिछाने नेतृत्वको टोली भारत भ्रमण सकेर फर्किएको एक महिना हाराहारीमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी आइतबार चीन जाँदैछ ।

भारत र चीन दुवैसँग राजनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भइरहेका यी भ्रमणले रास्वपाको अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध विस्तारको प्रयास देखाए पनि सांसदहरूको ठूलो टोली विदेश पठाउनुको औचित्य, खर्च र उपलब्धि’bout बहससमेत सुरु भएको छ ।

भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । पाँच सदस्यीय टोलीमा लामिछानेसँगै सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी थिए ।

नयाँदिल्लीमा रहँदा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । दुई देशबीचको सम्बन्ध, राजनीतिक सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो । उक्त भ्रमणलाई रास्वपा र भाजपाबीच पार्टी–पार्टी सम्बन्धको औपचारिक सुरुवातका रूपमा व्याख्या गरिएको थियो ।

चीनमा २० सदस्यीय टोली, ११ दिनको भ्रमण
भारत भ्रमणलगत्तै रास्वपाले चीनसँग पनि पार्टीगत सम्बन्ध विस्तारको पहल गरेको छ । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली कात्तिक २९ देखि मंसिर १० गतेसम्म चीन भ्रमणमा रहनेछ । टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित १६ सांसद सहभागी छन् ।

टोलीमा लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रीमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनमकुमारी अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेशकुमार सापकोटा छन् ।

चीनमा टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको भ्रमण गर्नेछ । प्रविधि, कृत्रिम बौद्धिकता, औद्योगिक विकास, कृषि आधुनिकीकरण, सार्वजनिक सेवा प्रवाह र विपद् व्यवस्थापनका क्षेत्रमा चीनले हासिल गरेको उपलब्धि’bout अध्ययन गर्ने कार्यक्रम छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग राजनीतिक संवादसमेत हुनेछ ।

भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग छलफल गर्दै भ्रमणलाई घुमघाममा सीमित नराख्न निर्देशन दिएका छन् । प्रविधि, व्यापार, पर्यटन, कृषि र आर्थिक विकासमा नेपालले लिन सक्ने लाभ पहिचान गर्न उनले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको सुदूरपश्चिम अधिवेशन मंसिर १५ र १६ गते धनगढीमा