ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको हो ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंह नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको छ । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति