काठमाडौं । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् । कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै प्रधान कामु प्रधानन्यायाधीशमा फर्किएकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै प्रधान कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन् ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान २० दिने बिदामा बसेकी थिइन् ।
तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)
सम्बन्धित समाचार
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
संसदमा गृहमन्त्रीको प्रश्न : स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ?
काठमाडौंमै बसेर प्रमुख प्रशासकीय अधिकृतले अवैध तरिकाले निकाले करोडौं रकम
अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड
अभिनेत्री निरौलालाई ब्रेन ट्यूमर, अन्नपूर्ण न्यूरोमा शल्यक्रिया
राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
नयाँ राहदानी प्रणाली पहिलो दिनमै देखियो प्राविधिक समस्या






