काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग रायसुझाव र प्रतिक्रिया माग गरेको छ ।
राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो । सो सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा संघसंस्था, विज्ञ र आमनागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद्बाट सूचीकरणसम्बन्धी निर्णय हुनुअघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सिफारिस भएका थरहरूको सूची सार्वजनिक गर्दै दुई दिनभित्र कुनै राय, सुझाव वा प्रतिक्रिया भए उपलब्ध गराउन अनुरोध गरेको छ ।
सुझाव तथा प्रतिक्रिया मन्त्रालयको [email protected], महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री बादी तथा सचिवालयको इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्राप्त हुने रायसुझाव तथा प्रतिक्रियालाई आवश्यकताअनुसार अध्ययन गरी सूचीकरणसम्बन्धी आगामी प्रक्रियामा समेटिने जनाएको छ ।
सम्बन्धित समाचार
मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते
न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
बज्रधातु चैत्यकोे सार्वजनिक जग्गा व्यक्तिको नाममा
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो जाँदा कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता
सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी
सप्तरीको राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी
खोलाले बगाएर छोराको मृत्यु भएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला






