काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । रास्वपाले आज मंगलबार वक्तव्य जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको हो ।
एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएको सन्दर्भमा रास्वपाले यो कदम चालेको हो ।
रास्वपाका महामन्त्री विपिन आचार्यद्वारा आज जारी विज्ञप्तिमा पार्टीको अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न र अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन छानबिनको अवधिभर सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।’

सम्बन्धित समाचार
प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १४५ दिनमा १२ विधेयक पारित
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानन्यायाधीश राणा र उनका आफन्तको घरमा सम्पत्ति शुद्धीकरणको छापा
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० देखि ६ बजेसम्म मतदान, तीन स्थानमा हुने
मतदातासँग मत माग्दै गगन थापा
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू






