काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र स्पष्ट कार्ययोजनाविना हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको घोषणा गर्नुलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बन्द उद्योगलाई आधुनिक प्रविधि र कुशल व्यवस्थापनसहित दिगो रूपमा चलाउने योजना ल्याउन सरकारसँग माग गरेका छन्।
महासचिव पोखरेलले नयाँ सरकार गठन हुनासाथ हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गर्ने र केही दिन चलेको देखावटी नाटक गरेर पुनः बन्द हुने पुरानै नियति दोहोरिने गरेको उल्लेख गरेका छन्। “राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक छ,” पोखरेलले लेखेका छन्।
स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना केवल लहडका भरमा उद्योग खोल्न खोजिए पुरानै असफलताको पुनरावृत्ति हुने दाबी गर्दै उनले प्रचारमुखी शैली त्यागेर दीर्घकालीन पुनरुत्थानको बाटो रोज्न आग्रह गरेका छन्।
सम्बन्धित समाचार
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा लिङ्देनलाई
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?






