सन्दीप पुनः नेपाली क्रिकेट टोलीको कप्तान

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय कप्तानमा सन्दीप लामिछाने फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको कप्तान बनाउने निर्णय गरेको हो ।

सन्दीप सन् २०२२ पछि पहिलोपटक नेपाली टोलीको कप्तानीमा फर्किएका हुन् । उनले पछिल्लोपटक २०२२ अगस्ट ३० मा केन्या भ्रमणका क्रममा नेपालका लागि कप्तानी गरेका थिए । त्यसपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजतर्फ लागेका थिए ।

तर केन्याबाट वेस्ट इन्डिज पुग्नुअघि नै एक किशोरीले सन्दीपमाथि बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो । त्यसपछि रोहित पौडेलले नेपाली टोलीको नेतृत्व गर्दै आएका थिए ।

यता, टी–२० अन्तर्राष्ट्रियतर्फ भने दीपेन्द्रसिंह ऐरीले नै नेपाली टोलीको कप्तानी गर्नेछन् । फेब्रुअरीमा भारतमा सम्पन्न टी–२० विश्वकपपछि रोहितको स्थानमा दीपेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

कोलम्बिया र छिमेकी देशहरूमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु भएको पुष्टि